काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन ।
संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सो विधेयकलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन ।
यससँगै नागरिकता ऐन, २०६३ संशोधन विधेयक लागू हुने मार्ग प्रशस्त भएको छ ।
विज्ञप्तीः

Categorized in राष्ट्रिय