काठमाडौं । जेनजी आन्दोलनपश्चात उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सहायता कक्ष स्थापना गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार समाजमा हुन सक्ने वा भइसकेका उच्छृङ्खल गतिविधिबारे जानकारी लिन तथा दिन सहयोग पुर्याउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
यसका लागि मन्त्रालयले सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।
सम्बन्धित व्यक्तिहरूले ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत सूचना, गुनासो, सल्लाह तथा सुझाव दिन सक्ने व्यवस्था गरिएको छ ।
गृह मन्त्रालयले विज्ञप्तिमार्फत समाजमा देखापर्न सक्ने सम्भावित समस्या वा गतिविधिहरू समयमै पत्ता लगाई समाधान गर्न सहायता कक्ष महत्वपूर्ण हुने अपेक्षा गरेको छ ।
सुचनाः

Categorized in राष्ट्रिय