८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सिंहदरबारमा प्रशासनिक सुधार र क्षति व्यवस्थापनका लागि भए यी निर्णयहरु


प्रकाशित: बुधवार, १ असोज २०८२, १३ः३० बजे
- महानगरखबर

काठमाडौं । सिंहदरबारमा बसेको सचिव बैठकले प्रशासनिक सुधार, सार्वजनिक खर्चमा मितव्ययिता र हालैको आगजनी तथा तोडफोडका कारण भएको क्षति व्यवस्थापनका लागि विभिन्न निर्णयहरु गरेका छन । 


मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारका कुनै पनि कर्मचारीले अबदेखि बैठक भत्ता नलिने निर्णय गरेको छ । 


साथै, कार्यालयले गर्ने गोष्ठी, सेमिनार, कार्यशाला लगायतका सबै कार्यक्रमहरू सरकारी भवन वा हलमै आयोजना गर्न निर्देशन दिइएको छ ।


यसअघि अनावश्यक रूपमा जारी गरिएका सिंहदरबार प्रवेश पासहरू समेत तत्काल खारेज गर्ने र आवश्यक परे नयाँ पास उपलब्ध गराउने निर्णय भएको छ ।


बैठकका अन्य मुख्य निर्णयहरूः 


१) तोकिएको मितिमा स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सबै कर्मचारी सक्रिय सहभागी हुने । 


२) शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, औषधि आपूर्ति लगायतका अत्यावश्यक सेवा अबरुद्ध हुन नदिने । 


३) क्षतिग्रस्त संरचनाको वास्तविक विवरण तयार गरी तत्काल पुनःनिर्माण र मर्मत गर्ने । 


४) आगजनी वा तोडफोडबाट ध्वस्त भएका सवारीसाधन, उपकरण तथा फर्निचरलाई लिलामी वा नष्ट गर्ने प्रक्रिया अघि बढाउने । 


५) सार्वजनिक खर्चमा मितव्ययिता ल्याउँदै ससाना (टुक्रे) आयोजनाहरू खारेज गरी उक्त बजेट पुनःनिर्माण र उपकरण खरिदमा प्रयोग गर्ने । 


६) नयाँ खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने । 


७) मन्त्रालय, आयोग तथा निकायहरूको दरबन्दी २० प्रतिशत कटौती गरी नयाँ संरचना मन्त्रिपरिषद्मा पेश गर्ने । 


८) अनावश्यक सरकारी निकाय खारेज वा गाभ्ने प्रक्रिया तत्काल अघि बढाउने ।


९) जनतालाई चाडपर्वमा आवश्यक सामग्री सहज आपूर्ति गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यातायात व्यवस्थापन गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने । 


१०) आगजनीमा नष्ट भएका कर्मचारी मूल्यांकन फाराम र सम्पत्ति विवरण पुनः भर्ने व्यवस्था गर्ने । 


११) चोरी वा लुटिएका सामग्री फिर्ता बुझाउन सार्वजनिक आह्वान गर्ने । 


११) बैठकले सार्वजनिक प्रशासनलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक मापदण्ड, कार्यविधि तथा निर्देशिका खारेज वा संशोधन गर्ने प्रक्रियासमेत अघि बढाउने जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex