काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन ।
उनले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन ।
सोमबार भएको जेनजीहरूको प्रदर्शनमा प्रहरीसँगको झडपका क्रममा हालसम्म १९ जनाले ज्यान गुमाइसकेका छन भने दर्जनौं घाइते भएका छन ।
उक्त घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै मन्त्री लेखकले राजीनामा दिएका हुन ।
Categorized in राष्ट्रिय