काठमाडौं । सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा जेन–जी युवाहरूले थालेको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
सोमबार काठमाडौंसहित देशभर भएका प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने २५६ जना घाइते भएका छन ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १६ जनाको मृत्यु भएको छ । उपत्यकाबाहिर पनि विभिन्न जिल्लामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा घाइते हुने क्रम जारी छ ।
संघीय संसद भवनतर्फ प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेका थिए । त्यसपछि मृतक र घाइतेको संख्या लगातार बढिरहेको मन्त्रालयले जनाएको छ ।
अस्पतालवार विवरण
सिभिल अस्पतालः ३ मृतक, १०० उपचाररत, १५ जना गम्भीर घाइते रेफर
ट्रमा सेन्टरः ८ मृतक, ४९ उपचाररत,
वीर अस्पतालः ६ घाइते उपचाररत
एभरेष्ट अस्पतालः ३ मृतक, ३४ उपचाररत,७ गम्भीर
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानः ४ उपचाररत
केएमसी (काठमाडौं मेडिकल कलेज)ः २ मृतक, ३२ उपचाररत (६ गम्भीर शल्यक्रिया आवश्यक)
त्रिवि शिक्षण अस्पतालः १ मृतक, १८ उपचाररत
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालः ३ उपचाररत
गण्डकी अस्पताल (पोखरा)ः १ उपचाररत
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः २ उपचाररत
दमक, झापाः ७ उपचाररत
यस्तै, भर्खरै इटहरीमा प्रहरीले गोली प्रहार गर्दा २ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ ।
Categorized in राष्ट्रिय