काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक इन्द्रजात्रा (येँयाः)को चौथो दिन आज आइतवार थःनेयाः (माथिल्लो सहर) क्षेत्रमा रथयात्रा निकालिने भएको छ ।
बसन्तपुरबाट सुरु हुने रथयात्रा प्याफः, यतखा, ङत, न्हयोखा, थायमदु, अंस, वघः, मखं, हनुमानढोका हुँदै पुनः बसन्तपुरमै आएर सम्पन्न हुनेछ ।
काठमाडौं महानगरपालिकाले रथयात्रा मार्गका सांस्कृतिक कार्यक्रम सहज बनाउन आवागमन व्यवस्थापनमा सहयोग पुर्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

साथै, रथयात्रासँगै धार्मिक, सांस्कृतिक तथा सामाजिक विभिन्न गतिविधिहरू सञ्चालन हुने भएकाले सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
इन्द्रजात्राको क्रममा हरेक दिन काठमाडौंका विभिन्न टोल र चोकहरूमा रथयात्रा, नाचगान र सांस्कृतिक झाँकी प्रदर्शन गरिँदै आएको छ ।


Categorized in सम्पदा/संस्कृति