२२ आश्विन २०८३, बिहिबार
Header

जेनजी पुस्ताले भोलि समाजिक सञ्जाल बन्द विरोध प्रदर्शन गर्ने


प्रकाशित: आइतवार, २२ भाद्र २०८२, ११ः४५ बजे
- महानगरखबर

काठमाडौं । सन १९९७ देखि २०१२ बीच जन्मिएका जेनजी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन ।


सामाजिक सञ्जाल बन्दको विरोधमा र भ्रष्टाचारविरुद्धको आवाज उठाउन उनीहरूले माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्। आयोजकहरूले भदौ २३ गते बिहान ११ बजे माइतीघर मण्डलमा जम्मा हुन आह्वान गरेका छन । 


प्रदर्शनमा सहभागी हुन विद्यार्थीलाई पोशाकमा परिचयपत्रसहित कम्तीमा एउटा किताब ल्याउन आग्रह गरिएको छ । यसबारे टिकटकलगायत सामाजिक सञ्जालमा टेण्ड नै चलेको छ ।


हालै सरकारले नेपालमा दर्ता नगरिएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको थियो । त्यसैविरुद्ध जेनजी पुस्ताले सडकमा उत्रने तयारी गरेका हुन । 


प्रधानमन्त्री भइसकेका व्यक्तिसमेत संलग्न देखिएको तर कानुनी प्रक्रियामा नआएको ललिता निवास जग्गा प्रकरणसहित ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारी लगायतका मुद्दा उनीहरूले प्रदर्शनमा उठाउने जनाइएको छ ।


जेनजी पुस्ताले देशमा सुशासन, रोजगारी सिर्जना र समान अवसरको वातावरण हुनुपर्ने माग गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex