काठमाडौं । दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर मंगलबार अपराह्न भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे ४.१ रेक्टर स्केलको भूकम्प अनुभव गरिएको हो ।
यसअघि मंगलबार बिहान गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुरलाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको कम्पन गएको थियो ।
लगातार छोटो समय अन्तरालमै भूकम्पका धक्का महसुस भएपछि स्थानीय सतर्क बनेका छन । हालसम्म कुनै मानविय वा भौतिक क्षतिको विवरण आएको छैन ।
Categorized in समाज