काठमाडौं । अफगानिस्तानको नांगरहार प्रान्तमा आइतबार राति गएको शक्तिशाली भूकम्पले कम्तीमा २० जनाको ज्यान लिएको छ ।
राति ११ः४७ बजे ६ म्याग्नेच्युडको भूकम्प नांगरहारको जलालाबाद सहरबाट करिब १७ किलोमिटर उत्तर–पूर्वी क्षेत्रमा केन्द्रित भएको अमेरिकी भूवैज्ञानिक संस्थानले जनाएको छ ।
भूकम्पको धक्का काबुलदेखि करिब २०० किलोमिटर र पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो ।
६ म्याग्नेच्युडको कम्पनपछि ४.५ देखि ५.२ तीव्रताका कम्तीमा तीनवटा पराकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।
तालिबान सरकारले राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई दिएको जानकारीअनुसार भूकम्पसँगै आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध भएका छन, जसले गर्दा उद्धार कार्य हवाईमार्गबाट मात्र सम्भव देखिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय