१२ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

सुन एकैदिन ३ हजारले बढ्दा कतिमा कारोवार हुँदै ?


प्रकाशित: आइतवार, १५ भाद्र २०८२, १०ः५६ बजे
- महानगरखबर

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि रेकर्ड स्तरमा पुगेको छ । 


शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आइतबार थप महँगिँदै नयाँ उच्च मूल्य कायम गरेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । 


यो अहिलेसम्मकै उच्च मूल्य हो । अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।


सुनसँगै चाँदीको मूल्य पनि ऐतिहासिक रुपमा बढेको छ आइतबार प्रतितोला ६५ रुपैयाँले वृद्धि भई २ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 


अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

asteriskhubs
Home Page Bottom Second


maharjan complex