काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दक्ष आईटी जनशक्तिलाई आकर्षित गर्ने उद्देश्यले उच्च पारिश्रमिक दिने बाटो खोलेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको ‘सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमान सम्बन्धी नम्र्स, २०८२’ अनुसार अब आईटी अफिसरहरूले मासिक २ लाख रुपैयाँसम्म तलब पाउनेछन् ।
मन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार लामो समयदेखि न्यून तलबका कारण दक्ष आईटी जनशक्ति विदेश पलायन भइरहेको समस्या समाधान गर्न यो मापदण्ड ल्याइएको हो । उनले भने, “अब प्रविधिमा दक्ष युवाहरूलाई नेपालमै रोजगारी दिने अवसर बनेको छ ।”
कुन पदले कति तलब पाउने ?

सरकारले ल्याएको नयाँ मापदण्डले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान गर्ने सरोकारवालाहरूको विश्वास छ ।
Categorized in प्रबिधि