८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

उच्च शिक्षा र भ्रमण खर्चमा १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिए


प्रकाशित: सोमवार, ९ भाद्र २०८२, ०९ः४० बजे
- महानगरखबर

काठमाडौँ । देशमै विश्वविद्यालय र शैक्षिक संस्था सञ्चालनमा रहे पनि उच्च शिक्षाका लागि ठूलो मात्रामा रकम विदेशिने क्रम रोकिएको छैन । 


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष यो रकम १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ थियो । 


त्यस्तै, सेवा खाताअन्तर्गत भ्रमण व्यय पनि १८.१ प्रतिशतले वृद्धि भएको छ । समिक्षा वर्षमा भ्रमण खर्च २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ थियो । 


राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड घाटामा गएको छ । अघिल्लो वर्ष यो घाटा ५५ अर्ब ८६ करोड रुपैयाँमा सीमित थियो । 


यसैगरी, सेवा खाताअन्तर्गत भ्रमण आय पनि ७।७ प्रतिशतले बढेर ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ मात्र थियो ।


विशेषज्ञहरूले निरन्तर बढ्दो शिक्षा तथा भ्रमण खर्चले मुलुकको विदेशी मुद्रा भण्डारमाथि दबाब बढाउने बताएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex