१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुन्दरीजलमा बेपत्ता युवकको शव भेटियो


प्रकाशित: आइतवार, ८ भाद्र २०८२, १४ः१० बजे
- महानगरखबर

काठमाडौं । शनिबार दिउँसो करिब ५ बजे गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निकुञ्जभित्रको बागमती नदीमा पौडी खेल्ने क्रममा वेपत्ता युवको शव फेला परेको छ ।

 
प्रहरीका अनुसार मृत फेला परेका युवक संखुवासभा खाँदबारी नगरपालिका–११ घर भई हाल ललितपुर बस्ने २० वर्षीय अभिषेक राई हुन । 


उनको शव आज (आइतबार) बिहान बागमती नदीको बोक्सी दह नजिकै ढुंगाको कापमा राईको शव भेटिएको प्रहरीले जनाएको छ ।


प्रहरी प्रभाग सुन्दरीजल, नेपाली सेनाको विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी बलको टोलीले शनिबार राति अबेरसम्म खोजी गरे पनि उनी फेला परेका थिएनन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex