१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

टोखा धापासी लाम्पाखा चोकमा पहिरो, सडक र विद्युत आपूर्ति अवरुद्ध


प्रकाशित: शनिवार, ७ भाद्र २०८२, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । अविरल वर्षाका कारण टोखा नगरपालिका–४ धापासी लाम्पाखा चोकमा शुक्रबार दिउँसो पहिरो गएको छ ।


शुक्रबार दिउँसो करिब ३ः३० बजे गएको पहिरोका कारण उक्त क्षेत्रको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 


साथै, पहिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा विद्युत पोल ढाल्दा सो क्षेत्रमा हिजोदेखि नै विद्युत आपूर्ति अवरुद्ध भएको छ ।


स्थानीयका अनुसार मानवीय क्षति भने नभएको जनाइएको छ ।पहिरोसँगै रुख ढाल्दा नजिकैको सेल्सबेरीमा सामान्य क्षति पुगेको छ ।


सडक र विद्युत मर्मतमा कति समय लाग्ने भन्नेबारेमा हालसम्म कुनै निश्चित जानकारी आएको छैन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex