२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

धरहरा पुनःनिर्माणको ठेक्का जिआइइटिसी– रमन जेभीले पायो 


प्रकाशित: आईतबार, १७ भाद्र २०७५, १८ः४६ बजे 
- महानगरखबर

काठमाडौं । धरहरा पुनःनिर्माण ठेक्का जिआइइतिसी– रमन कम्पनीले पाएको छ । 


प्राधिकरणले आव्हान गरेको ठेक्का प्रस्ताव आईतवार खोलिएकोमा सबैभन्दा कम रकमको ठेक्का प्रस्ताव गर्ने उक्त कम्पनीले ठेक्का पारेको हो । 


यस कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको थियो । 


ठेक्का प्रस्ताव गर्ने अन्य कम्पनीहरुमा सिआइसिओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोड, जिआइइटिसी–रमन जेभीले ४ अर्ब ५० करोड, जेडआइइसी–लामा जेभी, सिआरफाइभसिइसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड, आशिष कन्ट्रक्सन र कुमार सिएफइसीले ४ अर्ब ४९ करोड सहित आवेदन गरेका थिए ।


प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटिसी–रमन जेभीको आर्थिक प्रस्तावको अध्ययन भइरहेकोले आशयपत्रका लागी सात दिने समय दिई त्यसको दुई हप्तामा सम्झौता हुनेछ । 


प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि वैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex