७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

एनपिएल दोस्रो सिजन मंसिर १ देखि 


प्रकाशित: बुधवार, ५ भाद्र २०८२, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन मंसिर १ देखि २७ गतेसम्म गर्ने घोषणा गरेको छ ।


क्यानका अनुसार एनपिएलको सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । सो मैदानमा प्यारापिट र फ्लड लाइट जडानको काम तीव्र गतिमा भइरहेको र लिग सुरु हुनु अघि सम्पन्न हुने विश्वास गरिएको छ ।


यो सिजन पनि आठ टोली सहभागी हुनेछन ।  प्रत्येक टोलीले ११–११ जना नेपाली खेलाडी भित्र्याइसकेका छन भने अब विदेशी खेलाडी भित्र्याउने प्रक्रिया अघि बढाइनेछ ।


यसअघि पहिलो सिजनको एनपिएल गत मंसिर १६ देखि पुस ६ गतेसम्म सम्पन्न भएको थियो ।


यसैबीच, एनपिएल अघि नेपालले ओमानमा हुने आइसिसी टी–२० विश्वकप छनोट खेल्नेछ । सो प्रतियोगितामा सहभागी नौ राष्ट्र मध्ये शीर्ष तीनमा पर्न सके नेपालले टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex