८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि २६ दल दर्ता


प्रकाशित: मंगलवार, ३ भाद्र २०८२, १२ः४५ बजे
- महानगरखबर

काठमाडौँ । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ ।


आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार दर्ताका लागि आएका २७ दलमध्ये कानुनी प्रक्रिया पूरा गरेका २६ दललाई सोमबार आयोगको निर्णयअनुसार दर्ता गरिएको हो । 


नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दर्ता गरिएको आयोगले जनाएको छ ।


सबैभन्दा पहिले मंगोल नेशनल अर्गनाइजेशन दर्ता भएको थियो । 


यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दल दर्ता भएका छन ।


साथै राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल लगायतका दल पनि दर्ता सूचीमा परेका छन ।


आयोगले उपनिर्वाचन कार्यतालिका पनि सार्वजनिक गर्दै उम्मेदवार मनोनयन दर्ताको मिति आगामी असोज २१ गते तोकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex