काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा बैठक आज बिहान ११ः४५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ संसद्मा पेस गर्ने कार्यक्रम रहेको छ ।
यसका साथै, राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन टेबुल गर्ने कार्यक्रम पनि रहेको छ ।
आजको दिन संसदीय गतिविधिमा थप चहलपहल रहने संकेत देखिएको छ, किनकि राष्ट्रियसभा मात्र होइन, पाँच वटा संसदीय समितिका बैठकहरू पनि आजै बस्दैछन ।
बैठकहरूमा यी विषयमा छलफल हुने
1. अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिः ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि बृहत्तर तुलना
2. उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिः ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषयविज्ञहरूसँग विचार–विमर्श।
3. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिः सन् २०२५ मा आयोजना हुने हिन्द कुश हिमालयन पार्लियामेन्ट मिटको तयारीबारे छलफल।
4. सार्वजनिक लेखा समितिः ट्रकको भारवहन क्षमता सम्बन्धी उजुरीहरूबारे छलफल।
5. विधायन व्यवस्थापन समितिः ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ मा दफावार छलफल ।
Categorized in राष्ट्रिय