८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एमसिसीका कम्पनीहरुलाई आयकर छुटसहित मन्त्रिपरिषदले गरी यी निर्णयहरु


प्रकाशित: मंगलवार, २० साउन २०८२, २१ः१७ बजे
- महानगरखबर

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यहरूको सेवा शर्त र अन्य सुविधा तोक्ने निर्णय गरेको छ। साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।

 

साथै, सत्य निरूपण तथा मेलमिलाप आयोगका कायममुकायम सचिव निर्मला अधिकारी भट्टराई र सहसचिव इन्दिरा दाहाल भट्टराईलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्दै क्रमशः मेलमिलाप आयोग र नेपाल कानुन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

 

अरुण–३ परियोजनामा प्यानल गठन र हस्ताक्षर अधिकार

 

अरुण–३ जलविद्युत् परियोजना अन्तर्गत विकासकर्ता कम्पनी र नेपाल सरकार (लगानी बोर्ड) बीच भएको सम्झौताअनुसार प्रोजेक्ट रिभ्यु प्यानल (PRP) गठन गरिएको छ। डा. पवनकुमार श्रेष्ठ, डा. पवनकुमार भट्टराई र डा. गणेशप्रसाद न्यौपानेलाई विषय विज्ञको रूपमा प्यानलमा नियुक्त गरिएको छ। साथै, सो प्यानल सम्झौतामा सरकारको तर्फबाट हस्ताक्षर गर्ने अधिकार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई दिइएको छ।

 

एमसिसी फन्डिङमा कर छुट र सम्झौता स्वीकृति

 

नेपालमा शाखा दर्ता गरेका वा स्थायी संस्थापनका रूपमा काम गरिरहेका एमसिसी अन्तर्गतका निर्माण तथा सेवा प्रदायक कम्पनीहरूलाई आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। छुटसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।

 

रकारले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन १४ सेप्टेम्बर २०१७ मा हस्ताक्षर भएको सहायता सम्झौताको धारा ३ को उपधारा ३.५ इम्प्लीमेन्टेसन लेटर मेकानिजम्स टु इम्प्लीमेन्ट टाक्स एक्जाम्सन अफ एमसिसी फन्डिङ विषयक कार्यान्वयनपत्र स्वीकृत गरेको छ।

 

अन्तर्राष्ट्रिय कार्यक्रमका लागि स्वीकृति

 

  • खानेपानी मन्त्रालय आगामी भदौ १० देखि १२ गतेसम्म मलेसियामा आयोजना हुने मेन्टी भिजिट टु एसपीएएन मलेसिया फर रेगुलेटरी रिफर्म इन नेपाल प्रदान कार्यक्रममा खानेपानी मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति।

  • असोज ६ देखि १७ गतेसम्म डेनमार्कको कोपेनहेगनमा आयोजना हुने युनाइटेड नेशन्स सिनियर नेसनल प्लानर्स कोर्स फर नेसनल प्लानर्स फ्रम ट्रुप एन्ड पोलिस कन्ट्रीब्युटिङ कन्ट्रीज् (टि/पिसिसिएस) विषयक कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सहभागी हुन अनुमति ।

  • साउन २६ देखि २७ गतेसम्म गणतन्त्र कोरियामा आयोजना हुने इवा इन्टरनेसनल वर्कशप अन क्लाइमेट इन्ड्युस्ड ल्यान्डसाइड्स एन्ड सस्टेनेवल रिकभरी कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रूपा विकलाई स्वीकृति दिएको छ ।

  • २८ औँ युपीयु कंग्रेस कार्यक्रममा आगामी भदौ २३ देखि २९ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति दिइएको छ ।​​​​​​​

 

आर्थिक, पूर्वाधार र नीतिगत निर्णयहरू

 

  • युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा अनिलराज पौडेल नियुक्त।

  • ताप्लेजुङको मेवा खोला जलविद्युत् आयोजनाका लागि ३.३७ हेक्टर र धादिङको तातोपानी खोला आयोजनाका लागि ३.६३२ हेक्टर राष्ट्रिय वन प्रयोग स्वीकृति।

  • नेपाल सरकारको नाममा दर्ता रहेको काठमाडौँ जिल्ला साविक थानकोट महादेवस्थान गाविस वडा नं ८ ख को तीन रोपनी जग्गा चन्द्रागिरि नगरपालिका–७ वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्ने प्रयोजनका लागि र वडा नं २ ख को तीन रोपनी जग्गा चन्द्रागिरि नगरपालिका–५ वडा कार्यालयको प्रशासनिक भवन निर्माणको लागि चन्द्रागिरि नगरपालिका, काठमाडौँलाई उपयोग गर्न स्वीकृति दिने

  • आवश्यक सेवा सञ्चार ऐन २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवामा मालसमान निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने मन्त्रीपरिषद्को निर्णय रहेको छ ।

  • युएनओपिएसको कार्यालय स्थापना तथा सञ्चालनसम्बन्धी लेटर्स अफ एक्सचेन्ज स्वीकृत।

 

नीति तथा नियमावली स्वीकृति

  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (पाँचौं संशोधन) नियमावली, २०८२ स्वीकृत।

  • बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन योजना २०८२ स्वीकृत।

  • राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ स्वीकृत।

  • बुलु सुदूरपूर्व चुली हिमाल आरोहण खुला गरिएको र सो सूचना नेपाल राजपत्रमा प्रकाशनको स्वीकृति।

 

सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्नुभएको हो।

asteriskhubs
Home Page Bottom Second


maharjan complex