१२ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

एकैदिन ३४ सय रुपैयाँले बढ्यो सुनको भाउ


प्रकाशित: आइतवार, १८ साउन २०८२, ११ः०० बजे
- महानगरखबर

काठमाडौं ।  नेपाली बजारमा आइतबार सुनको मूल्य एकैदिनमा ३ हजार ४ सय रुपैयाँले बढेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको छ ।


यो मूल्य अघिल्लो कारोबार दिन शुक्रबारको मूल्यभन्दा ठ्याक्कै ३ हजार ४ सय रुपैयाँले बढी हो ।  


शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ मा कारोबार भएको थियो । 


यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । 


सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन २ हजार २ सय ३५ रुपैयाँ रहेको चाँदी आइतबार प्रतितोला २ हजार २ सय ५० रुपैयाँ मा कारोबार भएको छ, जुन १५ रुपैयाँ को वृद्धि हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex