काठमाडौं । अबदेखि सेयर बजारमा कारोबार गर्न नयाँ खाता खोल्दा राष्ट्रिय परिचय पत्र (National Identity Card) अनिवार्य हुने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (क्भ्द्यइल्) को निर्देशनअनुसार नेपाल स्टक एक्स्चेन्ज (SEBON) ले सबै ब्रोकर कम्पनीलाई नयाँ ग्राहक पहिचान प्रक्रिया (KYC)मा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न आग्रह गरेको हो ।
नेप्सेले कारोबार सदस्य (ब्रोकर) कम्पनीहरूलाई सर्कुलर जारी गर्दै नयाँ कारोबार खाता खोल्दा ग्राहकको राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा लिने व्यवस्था मिलाउन भनेको छ ।
हालसम्म KYC विवरण नागरिकताको प्रतिलिपि र नागरिकता नम्बरको आधारमा भरिँदै आएको थियो। तर अबदेखि राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा फारम भर्नुपर्नेछ ।
त्यस्तै, पहिले नै खाता खोली कारोबार व्यवस्थापन प्रणाली (TMS) मार्फत सेयर कारोबार गरिरहेका ग्राहकले पनि आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर अपडेट गर्नुपर्नेछ।
नेप्सेले ग्राहकलाई सेवा निरन्तरता दिन, प्रणालीमा विश्वसनीयता ल्याउन र ग्राहकको वास्तविकता पुष्टि गर्न यस किसिमको प्रक्रिया सुरु गरिएको जनाएको छ ।
यता, बैंक तथा वित्तीय संस्थाहरूले पनि हालै नयाँ खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेका छन्, जसअनुरूप धितोपत्र बजारमा पनि सोही अभ्यास सुरु गरिएको हो।
Categorized in बजार