८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

इन्द्रबहादुर बानियाँ नेपाली कांग्रेस बागमती संसदीय दलको नेता निर्वाचित


प्रकाशित: बुधवार, १४ साउन २०८२, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन ।


बुधबार प्रदेशसभा सचिवालय परिसरमा भएको निर्वाचनमा बानियाँले वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई पराजित गर्दै नेतृत्व सम्हालेका हुन । 


३७ सदस्यीय दलमा बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मत मात्रै ल्याए । १ मत बदर भएको थियो ।


१३ साउनमा लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा २२ मत पक्षमा र १५ मत विपक्षमा परेको थियो । त्यसपछि लामाले दल नेताको हैसियत गुमाएसँगै नयाँ नेतृत्वका लागि निर्वाचन गरिएको हो ।


बानियाँको नेतृत्वमा २१ सांसदले ९ साउनमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि लामाको नेतृत्वमा रहेको सरकारका पाँच मन्त्रीले राजीनामा दिँदै बानियाँको पक्षमा उभिएका थिए ।


बानियाँ र लामा दोस्रोपटक दलको नेताका लागि प्रतिस्पर्धा गरेका हुन्। यसअघि १३ पुस २०७९ मा भएको निर्वाचनमा बानियाँ ५ मतले पराजित भएका थिए। साढे दुई वर्षपछि उनले सोही प्रतिस्पर्धालाई उल्ट्याउँदै विजयी भएका छन्।


यससँगै कांग्रेसको बागमती प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तन भएको छ, जसले प्रदेशको सरकारमा समेत प्रभाव पार्ने निश्चित देखिन्छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex