८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

वैदेशिक रोजगारीमा एक वर्षमै १,४०१ नेपालीले गुमाए ज्यान


प्रकाशित: बुधवार, १४ साउन २०८२, १४ः५० बजे
- महानगरखवर

काठमाडौं । पछिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका एक हजार ४०१ नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाएका छन । 


नेपाल प्रहरीका अनुसार सबैको शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ ।


प्रहरी मुख्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा निधन भएका नेपालीहरूमध्ये सबैभन्दा बढी मृत्यु २६ देखि ३० वर्ष उमेर समूहका युवाहरूको भएको छ । उक्त समूहमा २३३ जनाको ज्यान गएको छ ।


त्यस्तै, ३१–३५ वर्षका २२६ जना, ३६–४० वर्षका २२५ जना, ४१–४५ वर्षका २१५ जना र २१–२५ वर्षका १७२ जनाको शव पनि नेपाल ल्याइएको छ ।


अन्य मृतकहरूमा ४६–५० वर्षका ११७ जना, ५१–५५ वर्षका ७१ जना, ५६–६० वर्षका २४ जना, ६१–६५ र ६६–७० वर्ष उमेर समूहका १२–१२ जना रहेका छन्। २० वर्षभन्दा कम उमेरमा २९ जनाको निधन भएको छ भने ७० वर्षभन्दा माथिका ६५ जना रहेका छन ।


यो तथ्यांकले वैदेशिक रोजगारीमा जानेमध्ये देशको सबैभन्दा उत्पादनशील र श्रमशक्ति सम्पन्न युवा उमेर समूहको जीवन जोखिममा रहेको देखिएको छ ।


राहत वितरण र शव व्यवस्थापन


प्रहरीका अनुसार सो अवधिमा वैदेशिक रोजगार विभागले ४८१ शव स्वदेश ल्याएको थियो भने १,०८६ शव मृतकका घरपरिवारसम्म पुर्‍याइएको थियो । 


यसैबीच, विभागले एक वर्षको अवधिमा १,५१७ जना मृतकका परिवारलाई कूल एक अर्ब २ करोड ३४ लाख रुपैयाँ राहतस्वरूप वितरण गरेको छ । सरकारले वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत उपलब्ध गराउँदै आएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex