८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बागमतीमा संसदीय दलको नयाँ नेता चुन्न आज मतदान


प्रकाशित: बुधवार, १४ साउन २०८२, १०ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले आज (बुधबार) बागमती प्रदेशमा संसदीय दलको नयाँ नेता चयन गर्ने भएको छ । मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि दलको नेतृत्व चयन गर्न लागिएको हो । 


मंगलबार संसदीय दलको बैठकमा लामाविरुद्ध २२ मत परेका थिए भने उनको पक्षमा १५ मत मात्र खसेका थिए । बहुमतले अविश्वास प्रस्ताव पारित भएपछि लामाले दलको नेताको हैसियत गुमाएका हुन । 


नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मंगलबार नै निर्वाचन समिति गठन गरेको थियो । 


हरिशरण श्रेष्ठको संयोजकत्वमा बनेको समितिले आज नै चुनाव गराउन लागेको हो । मतदान २ देखि ३ बजेसम् संसदीय दलको कार्यालय परिसरमा हुनेछ ।


सांसदहरू इन्द्रबहादुर बानियाँले लामाविरुद्ध अविश्वास प्रस्तावमा नेतृत्व गरेका थिए । बानियाँले नयाँ दलको नेताका लागि उम्मेदवारी दिने लगभग पक्का भएको छ । 


लामाको पक्षबाट उनी आफैं उम्मेदवार बन्ने वा नयाँ नाम आउनेबारे अहिलेसम्म स्पष्ट भइसकेको छैन । 


लामाविरुद्धको प्रस्ताव सफल भए पनि मुख्यमन्त्री नछोड्ने अडान उनले सार्वजनिक रूपमा यतिखेर बागमति प्रदेश सरकारको भविष्यको बारेमा चर्चा चलेको छ । 


बागमतिमा ३ नया मन्त्रि नियुक्त


बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन्। मंगलबार लम्साल, श्रेष्ठ र गुरुङलाई मन्त्रिपरिषद्मा समावेश गरिएको हो । 


गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाइएको छ । 


माया श्रेष्ठ र गीता गुरुङको मन्त्रालय जिम्मेवारी भने तोकिन बाँकी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।


हाल बागमतीमा नेपाली कांग्रेसले सम्हालिरहेका पाँच मन्त्रालयहरूमध्ये चार अझै नेतृत्वविहीन छन्। ती मन्त्रालयहरूमा युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ, र सहकारी तथा गरिबी निवारण मन्त्रालय पर्छन । 


९ साउनमा चार मन्त्री र १३ साउनमा एक मन्त्रीले लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्दै राजीनामा दिएका थिए । त्यसपछि लामाले मन्त्री नियुक्तिका लागि प्रयास थालेका हुन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex