११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


प्रकाशित: बुधवार, १४ साउन २०८२, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । रूसको सुदूरपूर्वी कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । 


प्रशान्त महासागरको १९.३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण चार मिटरसम्मको सुनामी पनि आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।


कामाचाट्काका गभर्नर भ्लादिमिर सोलोडोभका अनुसार दशकौँयताकै सबैभन्दा गम्भीर भूकम्प महशुस गरिएको हो ।  ‘भूकम्प अत्यन्त शक्तिशाली थियो, एक विद्यालय पूर्ण रूपमा ध्वस्त भएको छ,’ उनले बताए । 


यद्यपि हालसम्म मानवीय क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन ।


भूकम्पको ४५ मिनेटपछि पेट्रोपावलोव्स्क कामाचात्स्की क्षेत्रमा ६।९ म्याग्नेच्यूडको पराकम्पन मापन गरिएको अमेरिकी जियोलोजिकल सर्भे ९ग्क्न्क्० ले जनाएको छ । त्यसको केही मिनेटमै ६.३ म्याग्नेच्यूडको अर्को पराकम्पन पनि गएको थियो।


समुद्रमा केन्द्रबिन्दु भएको कारण भूकम्पको प्रत्यक्ष क्षति न्यून भए पनि सुनामीको जोखिम उच्च देखिएको छ । 


जापानको होकाइदो र वातायामा तटीय क्षेत्रमा तीन मिटरसम्मको सुनामी आउन सक्ने चेतावनी दिइएको छ । ती क्षेत्र खाली गराइएको जनाइएको छ ।


यसैगरी, संयुक्त राज्य अमेरिकाका तटीय क्षेत्रमा समेत सुनामीको चेतावनी जारी गरिएको छ । अमेरिकी तट सुरक्षा निकायहरू उच्च सतर्क अवस्थामा छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex