८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

लामाले गुमाए संसदीय दलको नेताको हैसियत, बानियाँको पक्षमा २२ सांसद


प्रकाशित: मंगलवार, १३ साउन २०८२, १४ः५९ बजे
- महानगरखबर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आफ्नो दलभित्रको विश्वास गुमाएका छन ।


मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाको विपक्षमा बहुमत देखिएको छ ।


पूर्वमन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेका अनुसार लामाको पक्षमा १५ मत मात्र पर्न गए पनि २२ सांसदले उनीविरुद्ध मत दिएका छन । यससँगै लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन ।


मुख्यमन्त्री लामाविरुद्ध नेपाली कांग्रेसका २२ जना सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । 


संसदीय दलमा बहुमत सांसदले बानियाँको पक्षमा समर्थन जनाएपछि लामालाई बागमती प्रदेश सरकारको नेतृत्वबाट राजीनामा दिनुपर्ने नैतिक दबाब बढेको छ । 


संसदीय दलभित्रैको समर्थन गुमेपछि अब उनको मुख्यमन्त्री पद पनि संकटमा परेको देखिन्छ ।


कुल ३७ जना कांग्रेस सांसदहरूमध्ये २२ जना सांसदले बानियाँको पक्षमा मत दिएका छन । बानियाँ नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ ।


विश्वासको मतको पक्षमा रहेका सांसदहरूः


ईन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ ।


विपक्षमा रहेका सांसदहरूः


बहादुरसिंह लामा, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन, गिता गुरूङ, मसिना खड्का, तिर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex