काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले महाराजगञ्जस्थित भिजिट अबरोड टुर्स एन्ड ट्राभल्स मा छापा मारेको खवर छ ।
स्पेन भिजिट भिसामा पठाएर मानव तस्करी गरेको आरोपमा प्रहरीले छापा मारी अनुसन्धान सुरु गरेको हो ।
सीआईबीका एसएसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले ट्राभल्स अफिसबाट केही कागजात तथा डिजिटल डिभाइसहरू नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा स्पेनमा कार्यक्रमको बहानामा मान्छे पठाउने कार्य भएको आशंका गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण सन्दर्भमा आयोजित कार्यक्रमलाई देखाएर केही ट्राभल्स र एनजीओहरू मिलेर मानव तस्करी गरेको आरोप लागेको छ । संसदमा समेत यो विषय उठेपछि सीआईबीले छानबिन अघि बढाएको हो ।
Categorized in समाज