२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा वृद्धाको सिक्री तानेर भाग्ने युवक पक्राउ


प्रकाशित: सोमवार, १२ साउन २०८२, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको लामपाटीमा पैदल हिँड्दै गरेकी एक वृद्धाको गलाबाट सिक्री तानेर भागेको आरोपमा एक युवक पक्राउ परेका छन् ।


प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौंको कलंकीमा बसोबास गर्दै आएका ३१ वर्षीय दीपेश लम्साल हुन ।


उनले साउन ९ गते दिउँसो ४ बजेतिर काठमाडौं महानगरपालिका–१४, लामपाटीस्थित सडकमा हिँड्दै गरेकी ७३ वर्षीया रुकमिणी रायमाझीको १ तोला २५.८ लालको सुनको सिक्री तानेर फरार भएका थिए ।


घटनापछि फरार रहेका लम्साललाई प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीबाट सोही दिन दिउँसो साढे ५ बजेतिर पक्राउ गर्न सफल भएको हो । 


उनको साथबाट चोरी गरिएको सिक्री समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।


प्रहरीका अनुसार उनीमाथि चोरीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex