काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता पठाएका छन ।
राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सो विधेयक पुनर्विचारका लागि प्रतिनिधि सभामा बिहीबार फिर्ता पठाएका हुन ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उक्त विधेयक संविधानको मर्म, भावना, लोकतान्त्रिक मूल्य, मान्यता तथा विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले फिर्ता गरिएको हो ।
संविधानअनुसार राष्ट्रपतिले कुनै पनि विधेयक प्रमाणीकरण नगरी एकपटक पुनर्विचारको लागि फिर्ता पठाउन सक्ने व्यवस्था छ ।
दुवै सदनबाट पारित भइसकेको सो संशोधन विधेयक प्रमाणीकरणका लागि असार ३१ गते राष्ट्रपतिसमक्ष पेश गरिएको थियो ।
Categorized in राष्ट्रिय