भक्तपुर । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–८ बोडे सिन्टिटारस्थित एक घरमा डेरा गरी बस्दै आएका दुई किशोरी बिहीबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार मृत भेटिनेमा सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका–८ स्थायी ठेगाना भएका १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल रहेका छन्। उनीहरू दिदीबहिनी हुन् ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ६ः४५ बजे उनीहरू डेराको प्यासेज (सीढीको खाली स्थान) मा एउटै नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए ।
घटनास्थलमा प्रहरीको टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ ।
Categorized in समाज