९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

महानगरको छात्रवृत्ति परीक्षामा १० हजार बढी विद्यार्थी उत्तीर्ण, म्याचिंग लिस्ट मंगलवार प्रकाशित गर्ने


प्रकाशित: सामेवार, ५ साउन २०८२, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालित प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 


शिक्षा विभागका अनुसार कुल १४,१७३ जना सहभागीमध्ये १०,८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन । 


देशभरका ७७ जिल्लाबाट १७,२२९ आवेदन परेका थिए, जसमध्ये १६,१३७ विद्यार्थी परीक्षा दिन छनोट भएका थिए। परीक्षा काठमाडौँका ५४ परीक्षा केन्द्रमा सन्चालन भएको थियो । 

 

 


छात्र र छात्राको संख्या बराबरः ६,८०१–६,८०१ (अन्य २)


OMR प्रणालीबाट जाँच


उत्तरपुस्तिका OMR (Optical Mark Recognition) प्रणालीमार्फत स्क्यान गरी स्वचालित रूपमा जाँच गरिएको हो ।  शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार, यस प्रविधिबाट नतिजा छरितो, शुद्ध र पारदर्शी बनाइएको हो ।


नतिजा हेर्ने विधि


विद्यार्थीहरूले आफ्नो क्भ्भ् को सिम्बोल नम्बर, जन्ममिति र प्राप्त पासवर्ड प्रयोग गरी entrance.kathmandu.gov.npमा स्कोरकार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्नेछन्।


नतिजापछि के गर्ने ?


विवरण संशोधनः यदि नाम, लिङ्ग वा अन्य विवरणमा त्रुटि भएमा २०८२/०४/०५ गतेसम्म सम्बन्धित कागजातसहित शिक्षा विभागमा निवेदन दिन सकिनेछ ।


दाबी विरोधः नतिजाप्रति असन्तुष्टि भएमा, रु. १,००० शुल्क बुझाएर पुनर्योगको लागि २०८२/०४/०५ भित्र निवेदन दिन सकिनेछ ।


म्याचिङ प्रक्रिया


२०८२/०४/०६ मा विषयगत र योग्यताक्रमका आधारमा पहिलो म्याचिङ लिस्ट प्रकाशित हुनेछ । म्याचिङबाट छनोट भएका विद्यार्थीले ३ दिनभित्र भर्ना प्रक्रिया पूरा गर्नुपर्नेछ । बाँकी सिटहरूका लागि दोस्रो चरणको सूची र आवश्यक परेमा धचबउ(गउ चरणमा समेत छात्रवृत्ति वितरण गरिनेछ ।


काठमाडौँ महानगरपालिका अन्तर्गत १६० संस्थागत विद्यालयमा ४ हजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध छन । 


रिजल्ट हेरौं

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex