काठमाडौं । तारकेश्वर नगरपालिका–८, पिपलडाँडा खेलमैदानको बारमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
कालो कपडा, झोला र जुत्ता लगाएकी ती महिलाको शव भेटिएपछि स्थानीय र प्रहरी घटनास्थलमा पुगेका छन ।
घट्नबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अपडेटः
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मृतक महिला धादिङको ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमती बस्दै आएकी २६ वर्षीय तिलमाया तामाङ हुन् ।
Categorized in समाज