काठमाडौं । साउन महिनाको पहिलो सोमबारको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका शिवालयहरूमा भक्तजनहरूको ठूलो भीड लागेको छ ।
हिन्दू धर्मावलम्बीहरू भगवान शिवलाई समर्पित यो दिन व्रत बस्दै शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो र फल फूल अर्पण गर्दै पूजाआजा गर्छन ।
पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका सबै ढोका खोलिएको जनाएको छ ।
यस दिन पाँच लाख भक्तजन दर्शनमा आउने अपेक्षा गरिएको छ । कोषले चक्रपथमा चारवटा निःशुल्क बस सञ्चालन गरेको छ ।
साथै, मारवाडी समाजले सोमबार र अन्य दिनहरूमा निःशुल्क भोजनको व्यवस्था पनि गरेको छ ।
फाइल तस्वीरः
Categorized in सम्पदा/संस्कृति