८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओलीको भारत भ्रमण तय


प्रकाशित: आइतवार, ४ साउन २०८२, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको दुई दिने औपचारिक भ्रमणमा जानुहुने भएको छ । 


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीको यो भ्रमण तय भएको हो ।


प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, प्रधानमन्त्री ओली ३१ गते भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन र असोज १ गते काठमाडौं फर्किने कार्यक्रम छ । 


यो सम्भवतः प्रधानमन्त्री ओलीको अहिलेसम्मकै सबैभन्दा छोटो भारत भ्रमण हुनेछ ।


स्रोतका अनुसार भ्रमणमा कुनै ठूलो एजेन्डा तय नभए पनि दुई देशबीचको सम्वन्धलाई मजबुत बनाउने, विगतका समझदारीलाई निरन्तरता दिने र केही नयाँ परियोजनामा छलफल गर्ने तयारी भइरहेको छ । 


भ्रमणअघि दुईपक्षीय सीमा व्यवस्थापन समूह (बोर्डर वर्किङ ग्रुप – BWG) को गृहसचिव स्तरीय बैठक पनि दिल्लीमा बस्नेछ, जसका लागि आज आइतबार तयारी बैठक राखिएको छ।


यसैबीच, भारतले प्रधानमन्त्री ओलीको निमन्त्रणा स्वीकृत गर्दै आगामी कात्तिक महिनामा प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको संभावना देखिएको छ ।

 

फाइल फोटो

asteriskhubs
Home Page Bottom Second


maharjan complex