ललितपुर । ललितपुर महानगरपालिकाले पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा आइतवार महानगरमा शोक विदा दिएको छ ।
८९ वर्षीय बज्राचार्यको शनिबार निधन भएको थियो ।
महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उहाँले यस महानगरपालिका र समाजसेवामा पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै आज मिति २०८२ साल श्रावण ४ गते आइतबारका दिन ललितपुर महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द रहने जानकारी गराइन्छ ।”
बज्राचार्यले विभिन्न कालखण्डमा ललितपुर महानगरको नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै शहरको विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
महानगरले उनको निधनप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
शोक विज्ञप्ती

Categorized in पालिका