७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

साफ यू–२० महिला च्याम्पियनसिपः नेपालद्वारा भुटान ८–० ले पराजित


प्रकाशित: शनिवार, ३ साउन २०८२, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपालले बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो पाँचौं खेलमा भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ ।


नेपालको जितमा पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गर्दै चम्किएका छन भने कुसुम खतिवाडाले १ गोल गरिन । 


भुटानकी एक खेलाडीको आत्मघाती गोल पनि नेपालको जितमा सहायक बन्यो । 


खेलको पहिलो मिनेटमै मीनाको गोलबाट नेपालले अग्रता लिएको थियो । त्यसपछि खेलको नवौं मिनेटमा समिक्षा थापा शेरपाको प्रहार क्रसबारबाट फर्केर भुटानी गोलकिपरलाई लागी गोल भएको थियो ।


१२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन् भने २३औं मिनेटमा उनले दिएको पासमा पूर्णिमाले ट्याप–इन गोल गरिन । 


पहिलो हाफको इन्जुरी समयमा सरिता कुमारीको फ्रिकिकमा पूर्णिमाले हेडरमार्फत गोल गरिन्। त्यही इन्जुरी समयको अन्त्यतिर उनले ह्याट्रिक पनि पूरा गरिन । 


दोस्रो हाफमा ६३औं मिनेटमा कुसुम खतिवाडाले गोल गरिन् भने लगत्तै ६४औं मिनेटमा मीनाले पनि ह्याट्रिक पूरा गरिन ।


नेपालले प्रतियोगिताको पहिलो भेटमा भुटानलाई ६–१ ले हराएको थियो ।


नेपालको अन्य खेल परिणामः


बंगलादेशसँग २–३ ले पराजित


श्रीलंकासँग लगातार दुई खेलमा ७–० को फराकिलो जित


अंक तालिका स्थितिः


नेपालले हालसम्म ५ खेलबाट १२ अंक जोडेको छ भने बंगलादेशको पनि ४ खेलबाट १२ अंक छ । बंगलादेशले आज बेलुका श्रीलंकासँग खेल्दैछ ।


चार टोली सम्मिलित प्रतियोगिता डबल राउन्ड रोबिन फम्र्याटमा भइरहेको छ, जसमा सबैले एक–अर्कासँग दुईपटक खेल्ने छन । अंक तालिकाको शीर्षमा रहने टोली च्याम्पियन घोषित हुनेछ ।


नेपालले अबको निर्णायक अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्नेछ । सो खेल नै उपाधि निर्धारण गर्ने सम्भावना बलियो छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex