काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीमध्येबाट १६,१३७ जनालाई प्रवेश परीक्षाका लागि छनोट गरेको छ ।
महानगरको शिक्षा विभागका अनुसार प्राप्त १७,२२९ आवेदनमध्ये १,०९२ अस्वीकृत गरिएको हो ।
विज्ञान संकायमा सबैभन्दा बढी ११,५९० विद्यार्थी छनोट भएका छन ।
व्यवस्थापन संकायका लागि ४,१६४, मानविकी संकायका लागि ३२, शिक्षा संकायका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश भएका छन ।
छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ गते बिहान ८ बजे देखि १० बजेसम्म हुनेछ । प्रवेश पत्र महानगरको वेबसाइट प्रवेश पत्र डाउनलोड तथा प्रिन्ट गर्नेबाट डाउनलोड गर्न सकिनेछ ।
Categorized in पालिका