१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बस दुर्घट्ना हुँदा ३ जना मन्त्रीले दिए राजीनामा 


प्रकाशित: शनिबार, १६ भाद्र २०७५, ०९ः४७ बजे
- महानगरखबर

काठमाडौं । बस दुघृट्ना हुँदा ३ जना मन्त्रीले राजीनामा दिएको छ । घट्ना बुल्गेरियाको हो । मन्त्रीहरुले सो दुर्घट्ना चालकले गरेपनि दुर्घट्नाको गम्भिरतालाई लिएर आफुहरुले राजीनामा दिएको सञ्चारमाध्यमहरुलाई बताएका छन् । 


सो बस दुर्घट्नामा मानवीय क्षति भएको पाएपछि उनीहरुले राजीनामा दिएको हो । 


पर्यटक बस दुर्घटनापछि त्यहाँको सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन । तीनै जना मन्त्री बोरिसोब्स सेन्टर(राइट सीईआरबी पार्टीको तर्फबाट मन्त्री बनेका थिए ।


पश्चिम बुल्गेरियाको राजधानी सोफियाबाट ५० किलोमिटरको दूरीमा पर्ने पश्चिम भागमा अघिल्लो शनिबार पर्यटक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । १३ जनाकाे घटनास्थलमै र ४ को उपचारको क्रममा मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । 


सो दुर्घट्नाको चर्को आलोचना भएपछि बुल्गेरियाको प्रधानमन्त्रीले ३ जना मन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन निर्देशन दिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex