काठमाडौं । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) को नेतृत्वमा आयोजित र्यालीका क्रममा हिंसा भड्किँदा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन ।
गोपालगञ्ज पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो । प्रदर्शनका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
सुरक्षाकर्मीमाथि लाठी, ढुंगा र इँटा प्रहार भएपछि प्रहरीले जवाफी कारबाहीमा गोली चलाएको हो।
मृतकमध्ये तीन जनाको पहिचान भइसकेको छ – दीप्तो साहा (२५), रमजान काजी (१८) र सोहेल मोल्ला (४१) रहेका छन् ।
गोपालगञ्जमा कफ्र्यु जारी गरिएको छ र अर्धसैनिक बल बीजीपीका २०० सैनिक तैनाथ गरिएको छ ।
एनसीपीको र्यालीका अध्यक्ष नाहिद इस्लाम र नेता सरजिस आलमले सुरक्षाकर्मी र शेख हसिनाको समर्थकहरूलाई हिंसाका लागि दोषी ठहर गरेका छन ।
अन्तरिम सरकार प्रमुख मुहम्मद युनुस ले एक्समार्फत् घटनाको भत्र्सना गर्दै भनेका छन, “यो युवाहरूको मौलिक अधिकारमाथि लज्जास्पद हमला हो ।”
Categorized in अन्तर्राष्ट्रिय