काठमाडौं । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) अष्ट्रेलियाको प्रतिष्ठित निन्जा ए–लिग खेल्ने भएकी छन ।
नले न्युजिल्याण्डको क्लब वेलिङटन फोनिक्स सँग आगामी दुई सिजनका लागि सम्झौता गरेकी हुन ।
फोनिक्सले उनलाई अनुबन्ध गर्नु टिमका लागि महत्वपूर्ण कदम भएको जनाएको छ ।
क्लबका कार्यवाहक मुख्य प्रशिक्षक एमी शेफर्ड ले सावित्राको अनुभव, नेतृत्व र आक्रमण क्षमताले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेकी छन ।
सावित्राले हालै सम्पन्न एएफसी महिला एसियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित ९ गोल गरेकी थिइन ।
भारतको महिला सुपर लिगमा २४ खेलमा ६० बढी गोल गरेपछि उनी फ्रान्सको क्लब एन अभेन्ट गुइनगाम्प मा पुगेकी थिइन, जहाँ उनले युरोपको शीर्ष लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएकी थिइन ।
फोनिक्समा आबद्ध हुन पाउँदा आफू उत्साहित रहेको बताउँदै सावित्राले भनिन, “धेरै गोल गर्दै समर्थकलाई खुशी बनाउन चाहन्छु ।”
Categorized in मनोरन्जन