१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

साउनमा घट्यो मुद्दती निक्षेपको ब्याजदर, १४ बैंकले घटाए दर


प्रकाशित: शुक्रवार, ३२ असार २०८२, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । साउन महिनाका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर फेरि घटाएका छन । 


नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिपछि अधिकांश बैंकहरूले ब्याजदर घटाएका हुन । 


राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारेको थियो ।

 
त्यससँगै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारिएको छ । यसले बैंकहरूलाई ब्याजदर घटाउन दबाब दिएको हो ।


बैंकहरूका अनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेर ५.९०२ प्रतिशतबाट ५.६८७ प्रतिशतमा झरेको छ ।


१४ बैंकले ब्याजदर घटाए, ४ ले राखे स्थिर


बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर विवरणअनुसार १४ वाणिज्य बैंकले ब्याजदर घटाएका छन । एभरेष्ट, एनआईसी एशिया, प्रभु, नबिल, कुमारी, सानिमा, नेपाल एसबिआई, इन्भेस्टमेन्ट मेगा, कृषि विकास, नेपाल बैंक लगायतले ब्याजदर घटाएका हुन । 


त्यस्तै माछापुच्छ्रे, ग्लोबल आईएमई, सिद्धार्थ, एनएमबी लगायतका ४ बैंकले ब्याजदर यथावत राखेका छन । 


२ बैंकले ब्याजदर बढाए


हिमालयन बैंकले ०.५ प्रतिशत विन्दुले ब्याजदर बढाउँदै ६.०० प्रतिशत पुर्‍याएको छ भने स्टान्डर्ड चार्टर्डले ०.०१ प्रतिशत विन्दुले वृद्धि गरेको छ ।


ब्याजदर घट्नुका कारण


नबिल बैंकका सीईओ मनोज ज्ञवालीका अनुसार, “मौद्रिक नीतिपछि बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा राखिएको अधिक तरलताको ब्याज आम्दानीमा कमी आउने भएकाले निक्षेपको ब्याजदर घटेको हो ।”


यसबाहेक असार महिनामा पूँजीगत खर्च उच्च हुने भएकाले पनि ब्याजदर घट्न गएको बैंकरहरू बताउँछन्। यो महिनामा मात्रै वर्षको कुल पूँजीगत खर्चको ३२ प्रतिशत खर्च भएको देखिएको छ ।


अधिक तरलताः ७ खर्ब रुपैयाँ बैंकमा थन्कियो


हाल बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म केन्द्रीय बैंकले ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँ अधिक तरलता खिचेर राखेको छ ।


यसमा ३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणबाट र ३ खर्ब १५ अर्ब स्थायी निक्षेप सुविधा मार्फत खिचिएको हो ।


हेरौं ब्याजदरहरुः

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex