८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

हजारका नयाँ नोट छपाइका लागि चित्र र आकार स्वीकृतसँगै मन्त्रिपरिषदका २१ निणर्यहरु सार्वजनिक


प्रकाशित: बुधवार, ३२ असार २०८२, १६ः०० बजे
- महानगरखबर

 काठमाडौं ।  सरकारले असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । 


ती निर्णयहरू सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले सार्वजनिक गरेका हुन । उच्चस्तरीय विदेश भ्रमण स्वीकृति, राष्ट्रिय कार्यक्रम घोषणा, वन प्रयोग अनुमति, जनपद हेरफेर, तथा विभिन्न पदस्थापन र नीतिगत निर्णयहरू छन । 


असार २३ गतेका निर्णयहरूः


१) न्यूयोर्क जाने स्वीकृतिः संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक (साउन ६–१२) मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति ।


२) चीन भ्रमण स्वीकृतिः नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणको अनुमति ।


३) नयाँ नोट स्वीकृतिः एक हजार रुपैयाँ दरको नयाँ नोट छपाइका लागि चित्र र आकार स्वीकृत ।


४) शिक्षा क्षेत्र सहयोगः विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विश्व बैंकको १०.८ मिलियन अमेरिकी डलर अनुदान स्वीकार ।


५) कोदो दिवस घोषणाः प्रत्येक ८८साउन १६ गते “राष्ट्रिय कोदो दिवस”८८को रूपमा मनाउने निर्णय ।


६) कृषकलाई अनुदानस् उखु उत्पादक कृषकलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान दिने ।


७) सैनिक सरुवाः नेपाली सेनाका ३७ महासेनानीको सरुवा ।


८) पर्यटन विकासः गुल्मीको रेसुङ्गा नगरपालिका–८ मा जिपलाइन तथा स्काई साइकलिङ निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग स्वीकृति ।


९) अन्तर्राष्ट्रिय सहभागिताः वनमन्त्रीलाई नर्वे र विज्ञान सचिवलाई चीनमा हुने कार्यक्रममा भाग लिन स्वीकृति ।


१०) औद्योगिक प्रयोजनमा वन प्रयोगः हैसियत गुमेको राष्ट्रिय वनको जग्गा पर्यटन तथा वन पैदावरमा आधारित उद्योगको प्रयोगका लागि स्वीकृति ।


११) नेपाल–जापान श्रमिक समझदारी नवीकरणः सीपयुक्त कामदार पठाउने समझदारीपत्र ५ वर्षका लागि नवीकरण ।


१२) नयाँ नीति र नियमावलीस् क्यासिनो नियमावली २०८२ र राष्ट्रिय जनसंख्या नीति २०८२ स्वीकृत ।


१३) बढुवाः नायब महालेखापरीक्षक नारायण एम.सी. उपमहालेखापरीक्षकमा बढुवा ।


असार ३० गतेका निर्णयहरू


४) नागढुंगा सुरुङमार्गका लागि ऋण सहायतास् जापान सरकारबाट ५.७० अर्ब येन बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार ।


१५) सहकारी नियमन प्रमुख नियुक्तः डा. खगराज शर्मा (रुपन्देही) राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्त ।


१६) फाप्ला क्रिकेट मैदान कार्यावधि थपस् विकास समितिको कार्यावधि ४ महिनाका लागि थप ।


१७) अन्तर्राष्ट्रिय भ्रमण स्वीकृतिः “युएन फुड सिस्टम स्टक टेक समिट” ९इथियोपिया० मा डा। जयबहादुर टण्डन, “ग्लोबल एसएमई मिटिङ” (दक्षिण अफ्रिका) मा राजदूत प्रा.कपिलमान श्रेष्ठ, “वल्र्ड एआई कन्फरेन्स २०२५” (संघाई) मा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङ, “ग्लोबल हेल्थ फोरम २०२५” (बेइजिङ) मा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति ।


१८) बीमा प्राधिकरण प्रमुखमाथि छानबिनः अध्यक्ष शरद ओझाविरुद्ध छानबिन समिति गठन, संयोजक पूर्वन्यायाधीश कृष्ण गिरी ।


१९) थानान्तरण र जग्गा स्वीकृतिः डडेल्धुराको अमरगढी नगरपालिकामा बहुउद्देश्यीय भवन निर्माणका लागि जिल्ला समन्वय समितिको जग्गा प्रयोग स्वीकृति ।


२०) नवलपरासी (ब.सु.पू.) मा ग्रामीण सडक स्तरोन्नतिका लागि ३.९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग स्वीकृति ।


सेनामा बढुवासरुवाः १ प्रमुख सेनानी महासेनानीमा, १ महासेनानी सहायक सेनानीमा बढुवा, १९ सहायक सेनानीको सरुवा ।


२१) गाउँपालिका केन्द्र परिवर्तनः कोशी गाउँपालिका सुनसरीको केन्द्र वडा नं. १ बाट ३ मा, कालिगण्डकी गाउँपालिका स्याङ्जाको केन्द्र वडा नं. ४ कट्टीबाट गहलाममा परिवर्तन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex