१७ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

साउन १ गतेबाट सार्वजनिक भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट


प्रकाशित: मंगलवार, ३१ असार २०८२, १०ः४० बजे
- महानगरखबर

काठमाडौं । अब सार्वजनिक निकायमार्फत हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्नेछ ।


अर्थ मन्त्रालयले आइतबार परिपत्र जारी गर्दै साउन १ गतेदेखि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्था, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको हो । 


परिपत्रमा उल्लेख छ, “नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने नीतिगत व्यवस्था गरेको छ ।”


यस निर्णयले सरकारी आर्थिक कारोबारलाई थप पारदर्शी, छरितो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex