८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

स्पेन भ्रमणमा भिजिट भिसा छानबिनको लागि गृहमन्त्रीको आदेश


प्रकाशित: सोमवार, ३० असार २०८२, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणका क्रममा भिजिट भिसामा गएका सहभागीहरूबारे छानबिन गर्न निर्देशन दिएका छन । 


गृह मन्त्रालयमा सोमबार गृहसचिव गोकर्णमणि दुवाडी र आईजीपी थापासँगको बैठकमा मन्त्री लेखकले स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएका व्यक्तिहरूको यात्रा प्रक्रिया, समन्वयकर्ता र भिसा प्रबन्धसम्बन्धी विवरण छानविन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका हुुन । 


गृहमन्त्रीको सचिवालयका अनुसार स्पेन भ्रमणमा सहभागी अन्य व्यक्तिहरू कुन माध्यमबाट गएका थिए, कसको समन्वयमा गएका थिए, र भिसा तथा अन्य प्रक्रिया कसले मिलाएको थियो भन्ने विषयमा गहिरो छानबिन गरिनेछ । छानबिनको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचबिखन अनुसन्धान ब्युरोले लिनेछ ।


छानबिनबाट दोषी पाइएमा कानूनी कारबाही हुने मन्त्रीको सचिवालयले स्पष्ट पारेको छ ।


प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए । उनी नेतृत्वको प्रतिनिधिमण्डल असार २० गते स्वदेश फर्किएको थियो ।


यसैविच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग गएका केही सहभागीहरू नेपाल नफर्किएको भन्ने सूचना आएको दाबी गरेकी थिइन ।


त्यसपछि विभिन्न सञ्चारमाध्यममा केही सहभागीहरू स्पेनमै हराएको वा नफर्किएको समाचार सार्वजनिक भएका थिए । यही पृष्ठभूमिमा गृहमन्त्रीको निर्देशन आएको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex