९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

बजेट ढिलो आएकोमा माफी माग्दै उपप्रमुख डंगोलले प्रस्तुत गरिन २५ अर्ब ७६ करोडको बजेट 


प्रकाशित: आइतवार, २९ असार २०८२, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 


आइतबार राष्ट्रिय सभा गृहमा बसेको १७औं नगरसभाको पहिलो बैठकमा उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी हुन ।


बजेटमा ५१ प्रतिशत पूर्वाधार, २० प्रतिशत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्र, र बाँकी अन्य क्षेत्रमा विनियोजन गरिएको छ ।


ढिला बजेट ल्याएकोमा उपमेयरको क्षमायाचना


बजेट पेश गर्ने क्रममा उपमेयर डंगोलले समयमै बजेट र नीति कार्यक्रम ल्याउन नसकेकोमा क्षमा मागिन ।


उनले भनिन, “विगतका केही तितामिठा अनुभवपछि आज हामी फेरि एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौं ।”


महिनासम्म रोकिएको कार्यपालिका बैठक


बजेट ढिलाइको कारण काठमाडौं टावरको नक्सा स्वीकृत विवाद रहेको बताइएको छ । 


प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको विवादका कारण ६ महिनासम्म कार्यपालिका बैठक बस्न सकेको थिएन।


मेयर बालेन्द्र शाहले गुरागाईंको उपस्थितिमा बैठक नराख्ने अडान लिएपछि बजेट प्रक्रिया रोकिएको थियो ।


मेयरको नीति तथा कार्यक्रमः साझा प्रतिबद्धताको आग्रह


मेयर बालेन शाहले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नीति कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता र क्रियाशीलता आवश्यक रहेको बताए ।


उनले निजी क्षेत्र, नागरिक समाज, कर्मचारी र जनप्रतिनिधिको समन्वयको सराहना पनि गरे ।


नीति तथा कार्यक्रमका मुख्य अंशः


१) बालबालिकाका लागि संरक्षण गृह


हिंसाप्रवण वा सडकमा बस्न बाध्य बालबालिकाका लागि अस्थायी संरक्षण गृह स्थापना । 


२)  ‘एक वडा, एक उत्पादन’ योजनाको निरन्तरता


स्थानीय उत्पादन प्रवद्र्धनका लागि इन्कुबेसन सेन्टर, बिउ पूँजी अनुदान र सहकारी सुधार कार्यक्रम।


३)  ‘जेरो वेस्ट सिटी’ अभियान


फोहोरको वर्गीकरण, पुनस्प्रयोग केन्द्र, फोहोरबाट ऊर्जा उत्पादन र शहरी वन अवधारणाको कार्यान्वयन।


४) प्रविधिमैत्री स्वास्थ्य प्रणाली


आधारभूत स्वास्थ्य, मानसिक स्वास्थ्य, पोषण, आयुर्वेद र डिजिटल सेवा प्रणाली विकास ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex