नेपालगञ्जमा पहिलो पटक विवाहित महिलाहरुको साथै बालबालिकाहरुबीच प्रतिभा प्रतियोगीता हुने भएको छ । नेपालगञ्जको पाण्डव मिडियाले आउँदो भाद्र २३ गतेका दिन नेपालगञ्जमा विवाहित महिलाहरुबीच मिसेज डिभा इन्टरनेशनल र बालबालिकाहरुबीच किड्स अफ द इयर २०१८ प्रतियोगीता आयोजना हुन गइरहेको हो । राजश्री कलेक्सनको प्रस्तुति र रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीको व्यवस्थापनमा पाण्डव मिडियाले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।
प्रतियोगीतामा मिसेज डिभातर्फ आवेदन दिएका विवाहित महिलाहरुबीच अडिसनबाट छनौट भएका अन्तिम पाँच जनाले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् भने किड्सतर्फ २३ जना बालबालिकाहरुको सहभागिता रहेको छ । फाइनल कार्यक्रम भने नेपालगञ्जको सिद्धार्थ होटेलमा हुन लागेको छ ।

हाल कार्यक्रमको लागी प्रतियोगीहरुको क्याटवाक लगायतका विभिन्न तालीमहरु भइरहेको छ । कार्यक्रमको कोरीयोग्राफी अन्तर्राष्ट्रिय कोरीयोग्राफर साथै रेडियन्ट इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर राज फैजुले गर्दैछन् । भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगीताहरुमा समेत सहभागी हुन सकिने किसिमको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको तालीम आफुले दिँदैगरेको कोरीयोग्राफर फैजुले जानकारी दिनुभयो ।
घर गृहस्थीमै सिमित गृहिणीहरुको व्यक्तित्व र नेतृत्व विकासको साथमा उनीहरुमा लुकेको प्रतिभालाई प्रष्फुटन गराउने र आफ्नो पहिचान स्थापित गराउने उद्देश्यले विवाहित महिलाहरुको सुन्दरी प्रतियोगीता मिसेज डिभा इन्टरनेशनलको आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ । किड्स अफ द इयर कार्यक्रमको उद्देश्यभ ने बालबालिकाहरुलाई आफुमा लुकेको प्रतिभासँग साक्षात्कार गराउनु रहेको आयोजकको भनाई छ ।
किड्सको प्रतियोगीतामा विजयी प्रतियोगीहरुलाईलाई विदेशमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगीतामा समेत सहभागी गराइने कोरीयोग्राफर राज फैजुले बताउनुभएको छ ।

Categorized in समाज