८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बागमती लगायतका प्रदेशमा भारी वर्षाको सम्भावना


प्रकाशित: आइतवार, २९ असार २०८२, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिमतर्फ केही उत्तर सरेको छ ।


आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।

 
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।


आज राति पनि देशभर सामान्य बदली रहने र कोशी, मधेस, लुम्बिनीसहित अधिकांश प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex