१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

तीनथानामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


प्रकाशित: शुक्रवार, २७ असार २०८२, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४, तीनथानामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 


शुक्रबार बिहान ३ः४० बजे बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल थानकोटबाट कलंकीतर्फ आउँदै गर्दा डिभाइडरमा ठोक्किएपछि अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको स्कुटर ९बा प्र. ०२–०४२ प ९८२२ सँग ठोक्किएको हो ।

 
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुर्घटनामा मोटरसाइकल चालक थानकोटका अन्दाजी ३४ वर्षीय रोशन ढकाल गम्भीर घाइते भएका थिए । 


उनलाई उद्धार गरी उपचारका लागि शहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो, जहाँ बिहान ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे ।


स्कुटरमा सवार धादिङको धुनिवेशी नगरपालिका–९ का २५ वर्षीय विवेक केसी घाइते भएका छन । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex