काठमाडौं । भारतीय विपक्षी दलका नेता तथा कांग्रस आईका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आएका छन् ।
धार्मिक भ्रमणको रुपमा उनी काठमाडौ आएको सञ्चारमाध्यमहरुले जनाएको छ । उनी कैलाशको मानसरोवारको यात्रामा जाने कांग्रेसका अधिकारीहरुले सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
गान्धी यही १२ सेप्टेम्बरमा दिल्ली फर्कने कार्यक्रम रहेको बुझिएको छ । शिवको भक्त भएको दावी गर्दै आएको गान्धीको यो भ्रमणले भारतीय जनता पार्टीले उनीमाथि लगाएको हिन्दु विरोधीको आरोपलाई चुनौती दिनेछ ।
विमेष्टेक सम्मेलन सकि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजैनै स्वदेश फर्केका छन् ।
Categorized in अन्तर्राष्ट्रिय