९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको कार्यपालिका बैठक भोलि बस्दै


प्रकाशित: विहिवार, २६ असार २०८२, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका भोलि शुक्रबार बस्न लागेको छ । 


महानगर प्रमुख बालेन शाहले असार २६ गते दिउँसो २ बजे कार्यपालिका बैठक बोलाएका हुन । बैठक ६ महिनापछि बस्न लागेको हो । 


वडा नम्बर २६ का वडाध्यक्ष ख्याम तिवारीका अनुसार बैठकका लागि तयारी पूरा भइसकेको छ ।


स्थानीय सरकार सञ्चालन ऐन अनुसार कार्यपालिका बैठक डाक्ने अधिकार मेयरसँग छ र महिनामा एकपटक बैठक बस्नुपर्ने व्यवस्था छ ।

 
तर काठमाडौं टावरको नक्सा पास विवादपछि पुस महिनादेखि मेयर शाहले बैठक नबोलाएका थिए ।


बजेट पारित गर्नुपर्ने बाध्यताका कारण अन्ततः बैठक बोलाउनुपरेको हो  । उपमेयर सुनिता डंगोल र तीन जना वडाध्यक्षले मेयर शाहसँग पटकपटक छलफल गरेपछि यो सम्भव भएको हो । 
बैठकको मुख्य उद्देश्यस् आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने रहेको छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex